Rule 8
विभागीय कारवाही सम्बन्धी परामर्श
(१) ऐनको दफा ११ को उपदफा (१) बमोजिम आयोग समक्ष विभागीय सजायको परामर्श माग गर्दा सम्बन्धित निकायले अनुसूची –४ बमोजिमको फाराम भरी सो सँग सम्बन्धित सक्कल फाइल समेत संलग्न गरी पठाउनु पर्नेछ।
(२) कुनै कर्मचारीलाई कुनै आरोपमा विभागीय सजाय गर्न आयोगसँग एक पटक परामर्श माग गरिएकोमा सोही आरोपमा पहिले प्रस्ताव गरिएको सजायमा परिवर्तन गर्ने गरी पुन परामर्श माग गर्न सकिने छैन।
तर, सम्बन्धित कर्मचारीले काबु बाहिरको परिस्थिति परी अघि स्पष्टीकरण दिन नसकेको कारण देखाई निवेदन दिएमा वा अघि पेश गर्न नसकेको महत्वपूर्ण सबूत प्रमाण पछि पेश हुन आएको कारणबाट सजाय गर्ने अधिकारीलाई सजाय परिवर्तन गर्नु पर्छ भन्ने लागेमा सो को कारण सहित आफ्नो राय उल्लेख गरी पहिले प्रस्ताव गरेको सजाय परिवर्तन गर्न आयोगसँग पुन परामर्श माग गर्न सकिनेछ ।